नेपाली कविता - स्वार्थी मान्छे ....
स्वार्थी मान्छे भयो आज कति,
लिन सकेन राम्ररी गति ।। १ ।।
छ बसेको आफै मस्त बनी,
जहाँ गए जता हेरे पनि।।
राख्दैन ध्यान यता र उता,
मानव मा छैन नैतिकता।।
छ बिग्रँदै गै रहेको गति,
स्वार्थी मान्छे भयो आज कति।।२।।
यहाँ के भन्नु र कसलाई,
आ - आफ्नै छ रनको सबलाई।।
माया ममता गयो काँ खोइ,
माग्दा नि ग्वार आउन्न कोई।।
कसैमा प्यार रहेन त्यति,
स्वार्थी मान्छे भयो आज कति।।३।।
प्रवृत्ति यो कस्तो आफू बन्ने,
खाडल अरु सबको खन्ने।।
गर्दै जो यदि गए यसरी,
बाँच्नै गाह्रो बाँच्ने पो कसरी।। ?
गर्देन भलो कसैको रति,
स्वार्थी मान्छे भयो आज कति।।४।।
होस् बाह्रै टक्का मेरै गोरुको,
छैन खाँचो फिटिक्कै अरूको।।
दिन र रात पूरा को पूरा,
जसले पनि यही गर्छ कुरा।।
यसरी के होला र प्रगति,
स्वार्थी मान्छे भयो आज कति।।५।।
स्वार्थी मान्छे भयो आज कति........


The Flower of Word by Vedvyas Mishra
The novel 'Nevla' (The Mongoose) by Vedvyas Mishra
The Flower of Word by Vedvyas Mishra







