बाल कविता : बस को ड्राइवर....
कति राम्रा बसका
ड्राइवर एउटा दाई
हिंड्ने गर्छन् सधैं
बस तिनले चलाई
बसको स्टेरिङ दाँया
बाँया घुमाउँछन्
कहिले सुस्त कहिले तेज
ती बस चलाउँछन्
भीडभाड कहीं भयो भने
फेरि हर्न बजाउँछन्
हर कसैलाई आफ्नो आफ्नो
गन्तव्यमा पुर्याउँछन्
कति राम्रा हाम्रा
बसका ड्राइवर दाई
हामी सबैले दिउँ
धन्यवाद तिनलाई
हामी सबैले दिउँ
धन्यवाद तिनलाई.......


The Flower of Word by Vedvyas Mishra
The novel 'Nevla' (The Mongoose) by Vedvyas Mishra
The Flower of Word by Vedvyas Mishra







