नेपाली बाल कविता : श्रमदान....
हामी सचेत बन्नु पर्छ
माटोलाई खन्नु पर्छ
माटोलाई जोत्नु पर्छ
बीउ बिरुवा रोप्नु पर्छ
म लेखक यही भन्छ
श्रमदान बाटै देश बन्छ
खेतीपाती लाउनु पर्छ
हर चीज उब्जाउनु पर्छ
बल्ल फेरि खान पाइन्छ
बल्ल फेरि लाउन पाइन्छ
म लेखक यही भन्छ
श्रमदान बाटै देश बन्छ
यहीं जन्मयों यहीं हामी मर्नु पर्छ
देश को लागि श्रमदानै गर्नु पर्छ
आनन्दले बसे त कसैले गन्दैन
श्रमदान न गरे देश कहिल्यै बन्दैन
म लेखक यही भन्छ
श्रमदान बाटै देश बन्छ
गलत गरे गर्ने हैन भन्नु पर्छ
हामी सबै सचेत नागरिक बन्नु पर्छ
सुत्ने हैन जाग्नु पर्छ
देश विकासमा लाग्नु पर्छ
म लेखक यही भन्छ
श्रमदान बाटै देश बन्छ
श्रमदान बाटै देश बन्छ.......
netra prasad gautam


The Flower of Word by Vedvyas Mishra
The novel 'Nevla' (The Mongoose) by Vedvyas Mishra
The Flower of Word by Vedvyas Mishra







